मकवानपुरमा रहेका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लको भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि गएराति आगजनी भएको प्रहरीले जानकारी दिएको छ । आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घटनापछि देउरालीममा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी…