महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।
प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकारेमा मुद्दा नचलाउने संकेत गरेको छ । तर हिरासतमा राखेर मुद्दा चलाउनेकी छोड्ने प्रहरीले अहिले नै निर्णय गरेको छैन । स्वास्थ्य परीक्षण पछि के गर्ने भन्ने विषयमा बताइने प्रहरीले बताएको छ ।















प्रतिक्रिया