काठमाडाैँ उपत्यकाकाे दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ । परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ । भवनमा लिफ्ट समेत जडान हुनेछ । बज्रबाराहीको जंगल नजिकै निर्माणाधीन भवन नेवारी संस्कृति झल्कने गरी निर्माण गरिँदै छ । भवनमा हस्तकलामा आधारित बुट्टेदार झ्याल ढोका र इट्टाको धुलो,चुनलगायत…