Logo

आजको तस्विर

परम्परागत डिजाइनमा बन्दै छ गोदावरीको सिंहदरवार



काठमाडाैँ उपत्यकाकाे दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ । परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ । भवनमा लिफ्ट समेत जडान हुनेछ ।

बज्रबाराहीको जंगल नजिकै निर्माणाधीन भवन नेवारी संस्कृति झल्कने गरी निर्माण गरिँदै छ । भवनमा हस्तकलामा आधारित बुट्टेदार झ्याल ढोका र इट्टाको धुलो,चुनलगायत मिसाएर बनाइएको सुर्कीले सझाइएको छ ।

भवन निर्माणको जिम्मा तुल्सीभक्त/ड्रागन जेभी निर्माण कम्पनीले पाएको थियो । भवनको बजेट २७ करोड ४९ लाख ८९ हजार ७३५ रुपैयाँ भएपनि कम्पनीसँग २१ करोड ४५ लाख ५६ हजार ६१ रुपियाँमा ठेक्का लागेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ३० बजे