काठमाडौं । नेपाललाई मुकुन्दल्याण्ड बनाउँछु भन्दै खरो राजनीतिक टिप्पणी गर्ने मुकुन्देका नामले परिचित मुकुन्द घिमिरेले आफ्नो जीवन संगीनि फेला पारेका छन् । झापा जिल्लाको सुरुङ्गाकी इन्दिरा संग्रौलालाई घिमिरेले जीवन संगीनि चुनेका हुन् ।
केही समयदेखि सामाजिक सञ्जालमा मुकुन्दको लागि इन्दिराको आव्हान गरिरहेका मुकुन्दले शनिबार साँझ सबैलाई सरप्राइज दिदै इङ्गेजमेन्टको तस्बिर सार्वजनिक गरेका छन् । उनले तस्बिर सार्वजनिक गरेको आधा घण्टा हाराहारीमा तीनहजार भन्दा बढी उनका समर्थकहरुले लाइक लगायतका रियाक्ट गरेका छन् भने झन्नै दूइ हजारले शुभकामना दिएका छन् ।
घिमिरेले इङ्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपनि बिवाहको मिति भने खुलाएका छैनन् । उनीसँग बुझ्न उनको मोबाइलमा फोन गर्दा धेरै बेरसम्म पनि उनको नम्बर व्यस्त रहेको पाइयो ।















प्रतिक्रिया