Logo

आजको तस्विर

सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी



सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १२ : ०८ बजे