नेपालमा हुने अनेक घटनाक्रमको साक्षी बनेर घण्टाघर उभिएको वर्षौं भयो । यसले समयको मात्र सूचना दिँदैन, न्याय–अन्याय, कर्म–दुष्कर्म सबैको हिसाव किताव पनि राख्छ । त्यसैले त समयलाई संसारकै सर्वाधिक ठूलो गुरु मानिन्छ । बसन्त ऋतुको यो मौसम, राजनीति बिटुलिएका बेला यो समयले अर्को समय पर्खिरहेको भान हुन्छ ।