सुनको छानो हालेपछि गोरखास्थित मनकामना मन्दिरको मुहार फेरिएको छ । ‘मिनी तिरुपति’का रुपमा यसको परिचय बदलिन थालेको छ । काठमाडौं नजिक, केबुलकार सेवा र देवीको साक्षात शक्तिका कारण ३६५ दिन नै यहाँ भीडभाड भइरहन्छ ।
कोभिडका कारण थलिएको यहाँको धार्मिक पर्यटनले फेरि प्राण पाउन थालेको छ । भारतीय पर्यटकको उपस्थिति अझै शून्यजस्तै छ । कोभिडको दोस्रो लहरको हल्लाले नेपालको पर्यटनमा गम्भीर असर पर्ने देखिएको छ । कामना गरौं, माता मनकामनाको सामथ्र्यले त्यो घडी आउन नपाओस् ।



























प्रतिक्रिया