Logo

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं- सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ। बिहान ९ बजे बैठक डाकिएको उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल प्रसलाई बताए। उनका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ।