Logo

प्रमुख समाचार

नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेका छौं : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सत्ता समीकरण बनाउन मुख्य भूमिका खेलेको दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

‘बिग्रेको राजनीतिक परिस्थितिलाई हाम्रो पार्टीका सभापतिज्यूको पहलमा हामीले हस्तक्षेप गरेका छौं र हामीले यो गठबन्धन बनाउनमा मुख्य भूमिका खेलेका छौं ।’

नयाँ सत्ता समीकरण बनेको सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक परियारले नयाँ सत्ता समीकरण बनाउन मुख्य भूमिका खेलेको दाबी प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  ४ : ३७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।