काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । नेता विश्वकर्माले भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा सबै प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको बताए । महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका देउवाले त्यसबारे…