Logo

प्रमुख समाचार

कांग्रेस महासमिति बैठक : भोलि बिहान प्रतिवेदन पेश हुने



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि (मंगलबार) बिहान मात्रै पेश गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए ।

पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामायिक र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेस गरिने समयबारे यकिन भएको छैन ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।