Logo

प्रमुख समाचार

संविधान संशोधन गर्न छलफल गर्नुपर्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् ।

ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।

‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ’,  उनले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरुपको मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ ।’

आगामी निर्वाचनमा चुनाव अघि गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यसैवेला निर्णय गर्ने भन्दै देउवाले आफ्नो पार्टी सङ्गठनात्मक रूपमा बलियो र जनताले भरोस र विश्वास गरेको पार्टी भएकाले जनताको भरोसा खण्डित गर्न दिन नहुने बताए ।

१४ औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक बसेको हो । पार्टीका नीतिगत दस्ताबेजमा छलफल गर्ने उद्देश्यले महासमिति बैठक बोलाइएको हो । जसमा विभिन्न दस्ताबेज पेस हुनेछन् ती दस्ताबेजहरूमा छलफल गरेर परिमार्जनसहित पास गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:०६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।