Logo

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री भएका कार्कीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार कार्की कोशीको मुख्यमन्त्रीमा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्…