Logo

नागरिकलाई दुःख नदिने भन्दै इन्द्रजात्रामा हिँडेरै काष्ठमण्डप पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् । हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । “सम्माननीय राष्ट्रपति जुद्ध शालिकमा गाडीबाट ओर्लिनुभयो र सर्वसाधारणलाई अभिवादन गर्दै पैदल काष्ठमण्डप…