काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनले नेतृत्व चयन गर्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ ।
अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका पाँच आकांक्षीमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएर अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् । अब अध्यक्षका निम्ति चार प्रतिस्पर्धी छन् ।
सर्वसम्मत हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयनको तयारी गरिएको छ । निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरिँदै छ ।
प्रतिक्रिया