काठमाडौं । सुन तस्करी प्रकरणमा पार्टीका एकपछि अर्को नेताहरूको नाम मुछिएपछि प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् । सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका हुन् । अहिले चर्चामा रहेको क्विन्टल सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको…