काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उलने विभिन्न संचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा कुनै सत्यता नरहेको जनाए । शनिबार एक ध्यानाकार्षणपत्र सार्वजनिक गर्दै खाणले घटनामा आफ्नो संलग्नता देखाएर व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको पनि उल्लेख गरेका छन् । उनले भनेका…