काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै आज उनले विश्वविद्यालय विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान दिने मात्र नभई जीवनोपयोगी शिक्षा, प्रविधि र सीप सिकाइ आत्मनिर्भर बनाउन सक्ने शैक्षिक केन्द्र हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “विश्वविद्यालय व्यावसायिक र उद्यमशील…