Logo

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष नेपालको रौतहट गृह जिल्ला हो । ​