काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकिएको बताएका छन् । सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको भए पनि त्यो पर्याप्त नभएको उनले बताए । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अन्त हैन आफ्नै तलबमा भर…