काठमाडाैं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिएका छन् । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’ को अभिभारा तोकेको हो । सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका…