काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनसँग असम्बन्धित विषयलाई छलफलमा नतान्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंगलाई लक्षित गर्दै उनले त्यस्ता अनावश्यक कुरा केन्द्रीय कमिटी वा सचिवालयको बैठकमार्फत टुंग्याइने बताएका हुन् । ललितपुरको गोदावारीमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिहरूलाई भण्डारीसहितका प्रसंगमा बहस नगर्न आग्रह गर्दै…