काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघले दोस्रो महाधिवेशन गर्न मूल आयोजक समितिलगायत विभिन्न १५ उपसमिति गठन गरेको छ । संघले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बालकृष्ण दाहालको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू तथा सात प्रदेशको प्रदेश अध्यक्षहरू सदस्य रहने गरी मूल समिति गठन गरेको जानकारी दिएको हो ।…