काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई विवेक यादवले अर्को सफलता दिलएका हुन् । उनले ओमनका जीशन मक्सूदको विकेट लिएका हुन् । मक्सूदले ओमनका लागि १८ बलमा दुई चौका र एक छक्कामो मद्दतमा २६ रन जोडे ।