"मलाई विश्वास छ कि यदि फखर (जमान) क्रिजमा रहेका भए हामीले ४५० रन पनि पछ्याउन सक्थ्यौं। उसले यसरी इनिङ खेल्दा हामीले ९० प्रतिशत खेल जित्छौं।", पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले न्युजिल्यान्डविरुद्धको खेल सकिएपछि जब यो कुरा भने, तब जितको खुसी मात्रै नभएर विश्वकपको सेमिफाइनलको दौडमा रहँदाको सन्तुष्टि पनि उनकाे अनुहारमा झल्किएकाे थियो । यस…