कोरोना भाइरसको लक्षण नदेखिएपछि सुदूरपश्चिमका विभिन्न अस्पतालले २६ जनालाई परीक्षण बिना डिस्चार्ज गरेको छ। कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसेपनि स्वास्थ्यमा कुनै समस्या नदेखिएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो। सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बिताएका संक्रमितलाई कुनै लक्षण नदेखिएपछि सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरी डिस्चार्ज गरिएको प्रदेश…