Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) बिहान तनहुँको, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

संक्रमितलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा राखिएकाे निर्देशनालयले जनाएको छ ।

यस्तै,  नवलपरासी (सुस्ता पूर्व) का एक २० वर्षीय युवककमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार पुष्टि भएका संक्रमित बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

अहिले उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार ०९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।