Logo

गण्डकी प्रदेश

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि



कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितहरु दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।