चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको 'लौखानी' भन्ने ठाउँमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सुचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको…