काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका हुन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ । काठमाडौंमा ५५ हजार ७७ जना, ललितपुरमा ७ हजार ७ सय ३६, भक्तपुरमा ५ हजार १ सय ५० जना संक्रमित थपिएका छन् ।





















प्रतिक्रिया