सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री एवम पाार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै प्रचण्ड र नेपाल निकटका २९ जना स्थायी कमिटी सदस्यहरुको छुट्टै बैठक बसेको थियो ।
बैठकले अध्यक्ष ओलीले एकतर्फी बैठक स्थगित गर्नु उचित नभएको निष्कर्ष निकालेकाे छ । परिस्थिति मध्यनजर गर्दै बैठकको निरन्तरताका लागि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै दाहाल-नेपाल समूहका २९ सदस्यीय स्थायी कमिटी सदस्यहरूको बैठक सम्पन्न भएको हो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले अनिश्चिकालका लागि स्थगित गरेका हुन ।
प्रचण्ड र नेपाल गुटका गृहमन्त्री रामबहादुर थापा,पर्यटनमन्त्री योगेश भट्टराई भने आजको बैठकमा उपस्थित भएका थिएनन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनाको मााग उठेसँगै ओली बैठकमा उपस्थित हुन छोडेका थिए ।




















प्रतिक्रिया