Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिए,संक्रमितकाे संख्या १५०५ पुग्याे



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको छ । नेपालमा लकडाउनको अन्त्य भए पनि कोरोना भाइरसका संक्रमितहरु भने थपिदै गइरहेका छन् । आइतबार गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना छन् ।

त्यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिला सहित ५ जना र पोखरा महानगरपालिकाका एक जना पुरुष छन् ।लमजुङको दोर्दीका एक जना र सुन्दर बजारका २ जनामा कोरोना,तनहुँको म्याग्दे र आबुखैरेनीका १–१ जना पुरूष र बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।

यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५०५ जना पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।