Logo

मनोरञ्जन

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको रोमान्स



काठमाडौँ । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ ।

चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ । समाजसेवी तथा गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् । उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा सांगेत रहेको छ ।

उक्त गीतको भिडियो बिजया दशमीको अवसरमा सार्वजनिक गरिने निर्देशक चाम्सले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १५:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।