संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको छ । सामूहिक हत्या कान्ड भएको स्थानमा ६ जनाको शव चार ठाउँमा भेटिएको हो ।
घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ ।
घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन ।
मृत भेटिनेहरुमा पार्वती कार्की घरमा फेला परेकी छन् । उनका छोरा तेजबहादुर कार्की सडकको भित्तामा, बुहारी कमला र नातिनी रञ्जना खोलामा, आठ वर्षको नाती विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्की बारीमा फेला परेका छन् ।
उक्त घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोली खटाउने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि सीआईबीको टोली खटाउने तयारी गरेको हो ।




















प्रतिक्रिया