Logo

प्रमुख समाचार

पार्टिले अपमान गरेको भन्दै काँग्रेस सभापतिले कपाल मुण्डन गर्दै बसे किरिया



अहिले नेपाली काँग्रेसको वडा अधिबेसन चलिरहेको छ । नेपालि काँग्रेसबाट १९ देखि ८० बर्ष सम्मका ब्यक्ति वडा सभापति चुनिएका छन् । यसैबीच डडेल्धुराको अमरगढी नगरपालिका–९ मा एउटा यस्तो अचम्मको घटना भएको छ ।

क्रियाशील सदस्यबाट नाम हटाइएपछि डडेल्धुराको अमरगढी नगरपालिका–९ का काँग्रेस वडा सभापतिले कपाल मुण्डन गरी किरिया बसेका छन् । आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल मुण्डन गरेका हुन् ।

कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्–‘ नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन ।’ आइतबार सार्वजनिक भएको नेपाली काँग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ। सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।

नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।