Logo

कोशी प्रदेश

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम र प्रदेश १ मा मतदान शुरू



नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । आज बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलो गरी मतदान शुरू भएको निर्वाचन समितिले जनकारी दिएको छ ।

धनगढीस्थीत निर्माण व्यवसायी समितिको हलमा शुरू भएको मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मतदान गरिरहेका छन् । ८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेको छ । ती पदका लागि पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलबाट एक सय ७९ जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ तीन जना सदस्य निर्विरोध चयन भइसकेको बताइएको छ । डडेल्धुराबाट तिलकराज जोशी, कैलालीबाट पुष्पा भट्ट र निर्मला बोगटी सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश १ मा पनि मतदान शुरू

नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया शुरू भएको छ । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि मतदान प्रक्रिया अघि बढेको बताइएको छ ।

मतपत्रमा नाम छुटेका शान्तिकला राई (महिला कोटा), जीवन नेपाली (दलित कोटा), र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिले बताएको छ । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १६:०४   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।