Logo

अनलाइनपाना खोज

दुई भोटले जित्ने धनराज गुरुङ को हुन् ?



धनराज गुरुङ नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् । गुरुङले नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् । उनले २०३६ सालको आन्दोलनमा सहभागी भएर नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, कांग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य हुँदै नेपाली कांग्रेसको उपसभापतिमा कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस, स्याङजा जिल्ला उपसभापति धनराज गुरुङ समानुपातिक प्रणाली अन्तर्गत संविधानसभामा सभासद समेत रहेका छन् । २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका ४२ वर्षीय गुरुङ २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि कांग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य रहेका छन् । राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङ युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि गोलवद्ध गर्ने कुरामा विशेष रुचि राख्दछन् ।

धनराज गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । पत्रपत्रिकामा उनका लेख–रचना प्रकाशित हुँदै आएका छन् । एक छोराका पिता गुरुङको रुचि समाजसेवामा पनि छ । सैद्धान्तिक स्पष्टता, लगनशीलता र जुझारूपनले आफूलाई संविधानसभामा पुर्‍याएको नी बताउँछन् । संविधानसभामा गुरुङले प्रमुखतासाथ उठाउने अठोट गरेका मुद्दा हुन् ।

क. राज्यका सबै अङ्गमा आदिवासी जनजातिको समान सहभागिता गराउने

ख. सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने

‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’ भन्ने सुगारटाइले मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार नियन्त्रणका लागि मुलुकको नेतृत्वसँग दृढ इच्छाशक्ति चाहिन्छ । “दृढ इच्छाशक्ति विनाको प्रतिबद्धता हात्तीको देखाउने दाँतजस्तै हो ।” भारतले लगाएको नाकाबन्दी विरुद्दमा कांग्रेसभित्र चर्को मतभेद भैरहेको बेला गगन थापा, विश्वप्रकाश शर्मा लगायतले सडकमा आएर विरोध गरिरहदा उनीले यस विरोधको नेतृत्वदायी भूमिका खेलेका थिए ।

देशको समृद्धि र आर्थिक विकासमा आफु अडिग रहेको पनि नेता गुरुङले स्पष्ट पारेका छन् । जनताले सम्मानयोग्य बाच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई दबाव दिइरहने उनको एजेण्डा हो । “जनताको आधारभूत आवश्यकता उपलव्ध गराउने जिम्मेवारी राज्यको हो र राज्यको ऐन, नियम, कानुनले तोकेबमोजिम राज्यलाई कर तिर्ने कर्तव्य जनताको हो ।” भन्ने विषयमा उनी दृढ रहेका छन् ।

उनको राजनीतिक जीवनक्रम यस्तो रहेको छ ।

वि.सं जिम्मेवारी

१.२०३६ विद्यार्थी आन्दोलनमा पहिलो पटक सहभागी

२.२०३८ नेविस स्कुल इकाइ सभापति (धवथुम मावि स्याङजा)

३.२०४० जिल्ला सचिव– नेपाल विद्यार्थी संघ स्याङजा

४.२०४३ स्ववियु उपसभापित उमेदवार–पृथ्वीनारायण क्याम्पस पोखरा

५.२०४४ स्ववियु सभापति उमेदवार–पृथ्वीनारायण क्याम्पस पोखरा

६.२०४८ देखि लगातार नेपाली कांग्रेसको महाधिवेशन प्रितिनिधि

७.२०४८ केन्द्रीय उपसभापति–नेपाल विद्यार्थी संघ

८.२०५३ केन्द्रीय सभापति–नेपाल विद्यार्थी संघ

९.२०५४ महासचिव–तरुण दल

१०.२०६४ पहिलो संविधानसभा सदस्य

११.२०६७ १२औं कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य

१२.२०७२ १३औं कांग्रेस महाधिवेशनबाट पूनः केन्द्रीय सदस्य

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ११:१३   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।