महेन्द्र यादवले १४ औँ महाधिवेशनमा सह महामन्त्री पदको निर्वाचन जितेका छन् । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । विगतमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको निर्विवाद अध्यक्ष यादव कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिका विश्वास पात्र हुन् ।
महेन्द्र यादवको जन्म २०१९ भदौ २ गते धनुषा जिल्लाको सपही–१ मा भएको हो । उनका बाबुको नाम दिप नारायण यादव र आमाको नाम दिवसमैन यादव हो । उनकी श्रीमती नाम विना यादव हो ।
यादवले विज्ञान सकायको गणितशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । विभिन्न लेखहरू पत्रपत्रिकामा प्रकाशित छन् ।
उनको राजनीतिक यात्रा यसप्रकार रहेको छ ।
१ वर्ष बन्दी जीवन र ३ महिना भूमिगत जीवन बिताएका हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका थिए ।
१. वि.सं. २०३५ सालदेखि राजनीतिमा प्रवेश ।
२. नेपाल तरुण दलबाट कांग्रेस राजनीतिमा सक्रिय ।
३. नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव हुँदै कांग्रेस प्रजातान्त्रिकको तरुण दल अध्यक्ष ।
४. नेपाल तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष ।
५.एकीकृत तरुण दलको पनि अध्यक्ष भएका ।
६. नेपाल विद्यार्थी संघका पूर्व उपाध्य क्ष रहेर समेत काम गरेका ।
७. पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित ।
८. २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद ।
साथै उनले भारत, बंगलादेश, जर्मनी, हंगेरी, अष्ट्रिया, फिनल्याण्ड, नर्वे, दक्षिण अफ्रिका, चिन, बेल्जियम र थाइल्याण्को विदेश भ्रमण गरेका छन् ।





















प्रतिक्रिया