Logo

अर्थ

छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्न २३ पुसमा  २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १३:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।