सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक याेजना ल्याएकाे छ । यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५०) नगद क्यासब्याक पाउन सक्नेछन् ।
यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएकाे जनाएकाे छ ।





















प्रतिक्रिया