Logo

अटो

लोभ लाग्दा विशेषता सहित ’याक बाइक’ सार्वजनिक



अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ’याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको यहाँहरूलाई अवगत गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो ।

अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको छ । अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ। यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ। यो जिम्मेवार उद्देश्य पूरा गर्न, यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्दछ ।

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ। हामी दाबी गर्छौँ कि ’याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक हुन सक्छ ।

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् । प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन । उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ ।

विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ ।“ त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले ’याक बाइक्स’ लाई नेपालमा भित्राउने निर्णय गरेको हो ।

सो अवसरमा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ’याक बाइक्स’ हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ ।

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्छ। आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेका छौँ ।

केही बुँदाहरू जसले तपाईँलाई ’याक बाइक नै किन ?’ भन्ने प्रश्नको जवाफ दिने छ :

 आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्न

 पूर्ण विद्युतीय सवारी साधन भएकाले

 वातावरण मैत्री सवारी

 नेपालमा नै एसेम्बल गरिने भएकोले

 नेपाल सरकारको कानुन र नियमहरू अन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने भएकाले

 नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पुरा गर्न

 नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ।

माथि उल्लेखित बुँदाहरू बाहेक हामी ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्न लागेका छौँ । यसले बेरोजगारीको समस्या कम गर्न मद्दत गर्छ । हामी हाम्रो कर्पोरेट सामाजिक उत्तरदायित्वहरूको लागि पनि प्रतिबद्ध छौँ। कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १८:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।