इलाम । इलामको माई–४ को धरमपुर–सिन्जालीटार जोड्ने गरुवा खोलामा गत बर्ष शिलान्यास भई रोकिएको पुल निर्माण कार्य तिब्र गतिमा हुन थालेको छ ।
निर्माण कम्पनीले बिभिन्न बाहानामा करिब ८ महिना काम रोकेको थियो । पुल निर्माणमा ढिलाइ भए पछि निर्माणकम्पनी आलोचित बन्दै जान थाली रहेको अवस्थामा अर्थमन्त्री आङ्बो र माईका मेयर दिपक कुमार थेबेले निर्माण कम्पनीलाई सम्पर्क गरि छिटो काम गर्न सचेत गराए सँगै पुल निर्माणको काम धमाधम हुन थालेको हो ।
प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण शुरु भएको पुल गत वर्ष १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले शिलन्यास गरेका थिए । २ करोड १८ लाख रुपैया लागतमा निर्माण हुने २५ मिटर लम्बाइको पुल अहिले तिब्र गतिमा भईरहेको छ ।
स्थानीयको मागका आधारमा ईलामका प्रदेश सांसद काजीमान कागते र माईका मेयर दिपक कुमार थेवेको पहलमा पुल निर्माणको योजना ल्याईएको र अर्थ मन्त्री आङ्बोले योजना स्वीकृत गराई शिलन्यास गरेका थिए ।
बर्खायाममा खोला तर्न नसक्दा वर्षौंदेखि सास्ती खेपिरहेका माईवासी गरुवा खोलामाथि पक्की पुल निर्माण हुने निश्चित भएपछि हर्षित भएका छन । गत २०७७ असार २३ गते एस.के. झापाली जेभिसंग पुल निर्माणको संझौता भएको थियो।
आगामी २०७९ असार १५ गते वर्षभित्र पुल निर्माण गरि सक्ने ठेक्का संझौतामा उल्लेख छ । गरुवा खोलामा बन्दै गरेको पुलले नगरको वडा ३, ४, ५, ९ र १०, सूर्योदय नगरपालिकाको वडा १३ र १४ तथा ईलाम सदरमुकाम सम्मका नागरिकलाई प्रत्यक्ष लाभान्वित हुने बताईएको छ ।





















प्रतिक्रिया