Logo

अर्थ

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त



जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । स्याउ कम फलेको खण्डमा आम्दानीको स्रोत नहुने भएकाले यतिबेलाको समयमा किसानहरु स्याउकामे स्याहारमा लागेका हुन् ।

चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्ने किसानको भनाइ छ । स्याउको स्यार नगरे गुणस्तर फल नलाग्ने र रोग समेत लाग्ने डर हुने भएकाले आफूहरु यतिबेला स्याउको स्याहारमा लाग्ने गरेको उनले बताए ।

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ुजुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो । बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।

This image has an empty alt attribute; its file name is 271969457_1042104303002579_5874627008636834553_n-768x576.jpg

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए । एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँका गएका छन । नयाँ बिरुवाका लगाउने किसानका लागि गुणस्तरीय बिरुवाको पहल भइरहेको छ ।

This image has an empty alt attribute; its file name is 271824883_5063473640364593_9010037023294139446_n-768x576.jpg

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।

त्यस्तै जुम्लामा यस वर्ष छ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।