नेप्से साताको कारोबारको चौथो दिन आज बुधबार पनि घटेको छ । नेप्से आज ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको हो
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।
वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।





















प्रतिक्रिया