Logo

कर्पोरेट फोकस

कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्काशन गर्ने



कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाणडौको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाडौ लाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका बीच कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाण्डौमा मिति २०७८ माघ १३ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।