सिन्धुलीको जनसंख्या ३ लाख १ सय १७ पुगेको छ । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सिन्धुलीको जनसंख्या ३ लाख १ सय १७ पुगेको हो । २०६८ को जनगणना अनुसार सिन्धुलीको जनसंख्या २ लाख ९६ हजार १ सय ९२ जना रहेको थियो । यसको अनुपातमा जिल्लाको जनसंख्या बृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।
केन्द्रीय तथ्याँक विभागले खाज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार जिल्लाको ९ स्थानिय तह मध्य सबै भन्दा बढी जनसंख्या कमलामाई नगरपालिकामा रहेको छ भने सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सबैभन्दा कम रहेको छ ।
प्रारम्भिक विवरण अनुसार कमलामाई नगरपालिकामा ७१ हजार ८ सय ११ जना रहेका छन् । जस्मा पुरुष ३४ हजार ९ सय २२ रहेका छन् भने महिला ३६ हजार ८ सय ८९ जना रहेका छन् । यस्तै जिल्लाको पालिका मध्य कम जनसंख्या भएको पालिका घ्याङ्लेखमा १२ हजार ७ सय १ जना रहेका छन् । जस्मा पुरुष ६ हजार २ सय १४ रहेका छन् भने महिला ६ हजार ४ सय ८७ जना रहेका छन् ।
यस्तै जिल्लाको दुधौली नगरपालिकामा ७० हजार ६ सय ७९ जना रहेका छन् । जस्मा पुरुष ३४ हजार २ सय २७, महिला ३६ हजार ४ सय ५२ जना, गोलन्जोर गाउँपालिकामा १९ हजार १२ जना जनसंख्यामा पुरुष ९ हजार २ सय ९६, महिला ९ हजार ७ सय १६ जना, हरिहरपुरगढी गाउँपालिकामा २६ हजार ८ सय २९ जना जनसंख्यामा पुरुष १३ हजार १ सय ३२, महिला १३ हजार ६ सय ९७ जना रहेका छन् ।
यस्तै मरिण गाउँपालिकामा २८ हजार ९ सय ८८ जना जनसंख्यामा पुरुष १४ हजार २ सय ७७, महिला १४ हजार ७ सय ११ जना, फिक्कल गाउँपालिकामा १४ हजार ३ सय ५९ जना जनसंख्यामा पुरुष ७ हजार ५८, महिला ७ हजार ३ सय १ जना, सुनकोशी गाउँपालिकामा १८ हजार १ सय ३६ जना जनसंख्यामा पुरुष ८ हजार ७ सय ७२, महिला ९ हजार ३ सय ६४ जना र तीनपाटन गाउँपालिकामा ३५ हजार १ सय ४५ जना जनसंख्यामा पुरुष १७ हजार ४ सय २९, महिला १७ हजार ७ सय १६ जना रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।





















प्रतिक्रिया