मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका कारण पाँच दलिय गठबन्धन टुट्ने निश्चित भएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टी नेपाली कांगे्रस यसलाई छिटै संसदबाट पारित गर्न चाहान्छ ।
कांगे्रसले यस विषयमा गठबन्धनमा सहमती नजुटे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गर्ने रणनिति बनाएको छ । एमालले यस विषयमा पहिले नै सहमती जनाएको छ । किनकि नेकपा एमालेले पनि एमसीसी छिटै पास गर्न पर्छ भन्दै आएको छ । त्यसो त एमालेलाई यसो गर्दा नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ताबाट निकाल्ने प्रयास पनि पुरा हुन्छ ।
माओवादी नेता लिलामणी पोख्रेलले एक कार्यक्रममा कांगे्रसले एमसीसी पास गर्न एमालेसँग गठबन्धन गर्छ भने गरे हुन्छ तर नेकपा माओवादी केन्द्रले एमसीसी पास गर्न गठबन्धनमा सहमती गर्दैन् पनेका छन् । उनले एमसीसी देशको हितमा विल्कुलै नभएको प्रष्ट पारेका छन् । सत्ता मोहकै लागि माओवादीले एमसीसी पास गर्न समर्थन नजनाउने प्रस्ट पारेका छन् । उनले अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले एमसीसीलाई संसोधन गरेर मात्र पास गर्ने भन्दा एमसीसीले संसोधन गर्न नमिल्ने भनेपछि खारेज गर्ने निस्कर्ष निक्लेको बताउनुभयो । उहाँले भन्नुभयो ‘फिर्ता गर्ने नै भनेको तर भाषा घुमाउरो भएको हो’ । माओवादी केन्द्र एमसीसी पास गर्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।
सत्ता गठबन्धनको अर्को घटक नेकपा एकिकृत समाजवादी पार्टी पनि एमसीसी जस्ताको तस्तै पास गर्न नहुने बताउँदै आएको छ । यसको अर्थ पनि खारेज नै हुन्छ । संसोधन सम्भव छैन् । त्यसैगरी अर्को सत्ता साझेदार पार्टी राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै एमसीसी पास गर्न नहुने किटान गर्दै आएको छ । एमसीसी राष्ट्रघाती परियोजना भएकोले पास गर्न नहुने उसको ठहर छ । देशलाई विदेशीको अखडा बनाउन जनमोर्चा सत्ताको मोहमा फसेर सत्तामा बसिनरहने जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न गठबन्धनमा सहमती नजुटेमा गठबन्धन टुट्ने बताएको भन्ने प्रसंग बाहिर आएको थियो । यधपी यो भनाई सत्य नभएको सत्ताधारी दलका नेताहरूले बताएका थिए । तर प्रधानमन्त्रीले बोले पनि नबोले पनि अब हुने त्यही हो । यो सत्ता गठबन्धन अब केहि दिनमै टुट्ने संकेत आइसकेको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको विभिन्न सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । उनिले छिटै पास गर्न गठबन्धनलाई दवाव दिएका छन् । सत्ता गठबन्धनका अर्को दल जनता समाजवादी पार्टीका संघिय परिसदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी जस्ताको तस्तै पास गर्न पर्ने बताउँदै आएका छन् । नेपालको विकासको लागि छिटै एमसीसी पास गरेर लागु गर्न पर्ने उनको तर्क छ ।
नेकपा एमालले एमसीसीको विषयमा सरकारको धारणा आएपछि मात्र आफुहरूले प्रतिक्रिया जनाउने बताउँदै आए पनि एमालेका धेरै नेताहरू पास गर्ने पक्षमा उभिएका छन् । एकात नेताहरूले भने खुलेरै एमसीसीको विरोध गरेका छन् ।
तसर्थ प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले आध्यक्ष केपी शर्मा ओली र जसपा संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको एमसीसी प्रतिको धारणा ठ्याक्कै मिलेको छ । यसरी अबको सत्ता गठबन्धन कांगे्रस, एमाले र जसपाको बन्ने अनुमान गरिएको छ । कांगे्रस नेताहरू र एमालेका नेताहरूबिच यस विषयमा गोप्य छलफल हुन थालेको छ ।





















प्रतिक्रिया