काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल हुने दाबी गरेका छन् । सोमबार उनले सभामुख अग्नि सापकोटाले समेत एमसिसी रोकेर नराख्ने बताएका हुन् ।
आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै पौडेलले एमसीसी कसैले रोक्न नसक्ने भन्दै उनले एमसिसी पास भए पनि फेल भए पनि संसदबाट नै हुने बताएका हुन् ।
उनले भने–अब एमसिसी सभामुखले पनि रोकेर राख्नुहुन्न, एमसिसी पास फेल जे हुनु पर्ने हो, त्यो संसदमा नै हुने छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वभाविक भएको पनि बताउँदै पौडेलले नेपाल बार एशोसियसन र न्यायाधीशहरुले नै प्रश्न उठाएकाले यो प्रस्ताव आएको पनि बताएका छन् ।




















प्रतिक्रिया