Logo

अर्थ

घटायो एनसेलले सबै ‘लोकल कल’ को महसुल



काठमाण्डौ । एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । यो परिमार्जित नयाँ महसुल दर गएको शुक्रवार (माघ २८) देखि लागू भएको हो ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मुख्य ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

नयाँ महसुल दरको लाभ लिन ग्राहकले *१७१०७# डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएको छ ।

नयाँ महसुल दरले ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ ।

यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहने बतामइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १७:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।